Smart Pack – 80 Mbps

Smart Pack – 80 Mbps

Smart Pack – 80 Mbps

Smart Pack – 80 Mbps

rss_alt

80 Mbps / 1 Month

Rs. 2700

 

Renewal Charges Rs.850

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

80 Mbps / 3 Months

Rs. 4,025

 

Renewal Charges Rs.2,475

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

80 Mbps / 6 Months

Rs. 5,745

 

Renewal Charges Rs.4,745

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

80 Mbps / 12 Months

Rs. 9,545

 

Renewal Charges Rs.8,545

बिना कुनै थप शुल्क (भ्याट सहित)

rss_alt

80 Mbps / 24 Months

Rs. 16,450

 

Renewal Charges Rs.15,450

बिना कुनै थप शुल्क (भ्याट सहित)

नियम तथा शर्तहरू

सेवा सम्बन्धी
१. ग्राहकले आफूले छनोट गरेको सेवा योजना (Package) तथा ब्यान्डविथअनुसार तोकिएको सेवा शुल्क समयमै भुक्तानी गर्नुपर्नेछ।
२. वाईफाई नेपालले निरन्तर (२४ सै घण्टा) सेवा उपलब्ध गराउनेछ। सेवा अवरुद्ध वा प्राविधिक समस्या भएमा ग्राहकले कल सेन्टरमा जानकारी गराउनुपर्नेछ।
३. वाईफाई नेपालको कारणले २४ घण्टाभित्र सेवा पुनः सञ्चालन हुन नसकेमा, प्रभावित ग्राहकलाई सेवा अवरुद्ध भएको अवधिअनुसार सेवा अवधि थप (Compensation Days) प्रदान गरिनेछ।
४. योजनाबद्ध मर्मतसम्भार वा प्राविधिक कार्यका कारण सेवा अस्थायी रूपमा अवरुद्ध हुने भएमा कम्पनीले कम्तीमा ३ दिनअघि सूचना दिनेछ।
______________________________________
भुक्तानी सम्बन्धी
१. १ र ३ महिनाको सेवा योजनामा प्रथम जडानका लागि लाग्ने फाइबर केबल शुल्क क्रमशः रु. ८५० र रु. ५५० समावेश गरिएको छ।
२. अन्य सबै सेवा योजनामा प्रथम जडानका लागि फाइबर केबल निःशुल्क प्रदान गरिनेछ।
३. ड्रप केबल परिवर्तन वा जडानको स्थान परिवर्तन गर्नुपर्ने अवस्थामा रु. १,१३० (वा कम्पनीले तोकेको लागू शुल्क) सेवा शुल्क लाग्नेछ।
४. नयाँ जडान तथा राउटर प्रतिस्थापनमा एडाप्टर निःशुल्क हुनेछ। एडाप्टर मात्र प्रतिस्थापन गर्दा रु. ३०० शुल्क लाग्नेछ।
५. नयाँ तथा पुराना ग्राहकहरूले शाखा कार्यालय वा प्रधान कार्यालय बाहेक अन्यत्र नगद भुक्तानी गर्न प्रतिबन्ध गरिएको छ।
६. सुरक्षित र सहज भुक्तानीका लागि आधिकारिक डिजिटल भुक्तानीका माध्यमहरू (eSewa, Khalti, Fonepay, Mobile Banking) प्रयोग गर्न अनुरोध गरिन्छ।
______________________________________
सुरक्षा धरौटी सम्बन्धी
१. ZTE राउटर जडान गर्दा रु. १,००० फिर्ता योग्य सुरक्षा धरौटी अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ।
२. सेवा स्थायी रूपमा बन्द भएपछि र राउटर/उपकरण फिर्ता गरी स्टक प्रमाणीकरण सम्पन्न भएपछि मात्र सुरक्षा धरौटी ग्राहककै बैंक खातामा कम्पनीको प्रचलित नीति अनुसार फिर्ता गरिनेछ।
३. सुरक्षा निक्षेप फिर्ताका लागि सही बैंक खाता विवरण उपलब्ध गराउने सम्पूर्ण जिम्मेवारी ग्राहकको हुनेछ।
______________________________________
राउटर/ONU सम्बन्धी
१. राउटर/ONU कम्पनीको सम्पत्ति हो र सेवा सञ्चालन अवधिभर ग्राहकलाई प्रयोगका लागि मात्र उपलब्ध गराइनेछ।
२. सेवा बन्द भएपछि कम्पनीले माग गरेमा राउटर/ONU अनिवार्य रूपमा फिर्ता गर्नुपर्नेछ।
३. ग्राहकले राउटर/ONU फिर्ता नगरेमा, हराएमा वा ग्राहकको लापरवाहीका कारण क्षति पुगेमा सुरक्षा धरौटी जफत गरिनेछ तथा कम्पनीको प्रचलित शुल्कअनुसार उपकरणको मूल्य असुल गरिनेछ।
४. जडान भएको मितिदेखि ६ महिनाभित्र प्राविधिक खराबी प्रमाणित भएमा राउटर/ONU निःशुल्क प्रतिस्थापन गरिनेछ।
५. वारेन्टी अवधि समाप्त भएपछि राउटर/ONU प्रतिस्थापन कम्पनीको प्रचलित शुल्क (रु. ३,०००) अनुसार हुनेछ।
६. विद्युत् उतारचढाव, चट्याङ वा ग्राहकको लापरवाहीबाट उपकरणमा भएको क्षतिको जिम्मेवारी ग्राहककै हुनेछ।
______________________________________
अन्य
१. सेवा बन्द गर्दा वा ३ महिनाभन्दा बढी सदस्यता शुल्क नतिरेको अवस्थामा ग्राहकले कम्पनीको राउटर/उपकरण फिर्ता गर्नुपर्नेछ।
२. ग्राहकको नाम नागरिकता, राष्ट्रिय परिचयपत्र (NID), चालक अनुमति पत्र वा राहदानी अनुसार प्रणालीमा राखिनेछ।
३. कम्पनीले आवश्यकतानुसार आफ्ना सेवा, शुल्क, नियम तथा शर्तहरू समय–समयमा संशोधन वा परिमार्जन गर्न सक्नेछ।

Plan Inquiry Form

Send us a message